अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैदी मृत्यु प्रकरण: संखुवासभा कारागारका नौ कैदी नियन्त्रणमा

कैदी मृत्यु प्रकरण: संखुवासभा कारागारका नौ कैदी नियन्त्रणमा


संखुवासभा-जिल्ला कारागार संखुवासभामा कैद भुक्तान गरिरहेका दुईजना कैदीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले नौ जना कैदीमाथि अनुसन्धान थालेको छ। कारागारभित्रका कैदीको कुटपिटबाट उनीहरुको ज्यान गएको आशंकामा प्रहरीले अन्य कैदीमाथि अनुसन्धान थालेको हो ।

संखुवासभा प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारका अनुसार कारागारका अन्य कैदीहरुले उनीहरुमाथि आशंका गरेपछि आफूहरुले सोधपुछको लागि सुरक्षित स्थानमा राखेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘अहिले नै नियन्त्रणमा रहेकामाथि आशंका गर्न मिल्दैन। तर, कारागारका अन्य कैदीहरुले उनीहरुको कारण मृत्यु भएको बताएपछि हामीले नौजना कैदीहरुलाई जिप्रकामा राखेका हौँ।’

सोमबार नुवाकोट ककनी गाउँपालिकाका २८ वर्षीय आकाश बलामी र विनोद तोलाङ कारागारबाट भाग्न खोजेका थिए । तर, प्रहरीले थाहा पाएपछि लगत्तै नियन्त्रणमा लिएर फेरि कारागार नै पठाइएको थियो ।