अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान गठबन्धन सरकार धेरै दिन टिक्दैन: शेखर कोइराला 

वर्तमान गठबन्धन सरकार धेरै दिन टिक्दैन: शेखर कोइराला 


काठमाडौं-नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार धेरै दिन टिक्ने छाँट नरहेको बताउनुभएको छ।

भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन नटिक्ने कोइरालाले बताउनुभयो । नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नम्बर २ प्रदेश सभा (ख)ले शनिवार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले देशमा भ्रष्टाचार र अनियमितता घट्न नसकेको बताउनुभयो । ‘भ्रष्टाचार र सुशासन यो हामीहरूले आजैदेखि हामीहरूले, यो सरकारले दिन सकेन भने सरकार धेरै दिन टिक्न सक्दैन’, उहाँले भन्नुभयो ।

नेता कोइरालाले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने आवश्यकता रहेको तर्क गर्नुभयो । उहाँले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको औंल्याइएको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताउनु भयो । नेता कोइरालाले राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानुनको निर्माण गर्न सके समृद्ध र समुन्नत नेपाल बनाउन कुनै समस्या नहुने पनि दोहो¥याउनु भयो । 

उहाँले भन्नुभयो, ‘भ्रष्टाचार र सुशासन यो हामीहरूले आजैदेखि हामीहरूले, यो सरकारले दिन सकेन भने सरकार धेरै दिन टिक्न सक्दैन भन्ने कुरा पनि तपाईँहरूको माझमा राख्न चाहन्छु । यो अत्यन्त गम्भीर विषय छ । अमेरिकाले अहिले आफ्नो इन्भेष्मेण्ट पोलिसी बनाएको छ । नेपालमा प्रचुर सम्भावना छ भन्छ । फरेन डाईरेक्न इन्भेष्मेण्टको नेपालमा प्रचुर सम्भावना छ भन्छ । तर के भन्छ सँगसँगै भने–त्यो सबैभन्दा भ्रष्टाचार हुने मुलुक हो भन्छ । दोस्रो कुरा, के भन्छ भने राजनीतिक अस्थिरता छ भनेर भन्छ । राजनीतिक स्थिरता नभई अफ्ठेरो हुन्छ भनेर इन्द्र बानियाँजीले भन्नुभयो । राजनीतिक अस्थिरता छ भनेर भन्छ । यो एक हप्ता पहिलेको रिपोर्ट हो यो । तेस्रो, रिपोर्ट के भन्छ भने इन्कन्फिडेन्ट ब्युरोक्रेसी भन्छ । चौथोले के भन्छ भने कानुन यदि लचक बनाउँछौँ हामी त्यसमा कामै गर्न सकिँदैन भनेर भनिराखेको छ । यो चार वटा कुरालाई हामीहरूले सम्बोधन गर्नसक्यौं भने नेपालको भविष्य उज्ज्वल छ । समृद्ध नेपाल, समुन्नत नेपाल हामी बनाउन सक्छौँ ।’

नेता कोइरालाले पार्टीको भातृ संस्थाहरू तरुण दल, नेविसंघ र नेपाल महिला सङ्घको नेतृत्व विधि र विधान अनुसार चल्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले पार्टी भित्रै प्रतिशोधको राजनीति हुन नहुने समेत बताउनु भयो ।