अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बमले उडाउने धम्कीपछि एफिल टावर खाली गराइयो

बमले उडाउने धम्कीपछि एफिल टावर खाली गराइयो


पेरिस-मध्य पेरिसमा रहेको एफिल टावरमा बम भएको खबर आएपछि खाली गराइएको छ ।बम रहेको आशङ्कामा तीन तला खाली गरिएको हो । 

मिडिया रिपोर्टका अनुसार एफिल टावरलाई बमको धम्की दिइए पछि सावधानीका रूपमा यसलाई खाली गरिएको हो । साथै शनिबारसम्म सर्वसाधारणका लागि बन्द गरिएको छ ।

एफिल टावर सञ्चालित संस्था एसईटीईले बम डिस्पोजल विशेषज्ञ र प्रहरीले एउटा तल्लामा रहेको रेस्टुरेन्टलगायत क्षेत्रमा खोजी गरेको फ्रान्स २४ ले रिपोर्ट गरेको छ। 

यो संसारमा सबैभन्दा धेरै भ्रमण गरिएको पर्यटक स्थलहरू मध्ये एक हो। गत वर्ष यसले ६.२ मिलियन यात्रुलाई आकर्षित गरेको थियो।-एजेन्सी

Skip This