अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सात शिशुको हत्या गर्ने नर्सलाई आजीवन कारावास

सात शिशुको हत्या गर्ने नर्सलाई आजीवन कारावास


काठमाडौँ-बेलायती सिरियल किलर नर्स लुसी लेटबीलाई सात बालबालिकाको हत्या र छ जनाको हत्या प्रयास गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ ।

म्यानचेस्टरमा न्यायाधीश गसले लुसी लेटबीको क्रूर कार्यहरू भयानक डरलाग्दो भएको बताए । उनले अहिले पनि लुसीमा कुनै पछुतो नदेखिएको बताए । लेटबीले सजायको घोषणाको क्रममा अदालतमा उपस्थित हुन अस्वीकार गरकी थिइन् । त्यस क्रममा पीडित परिवारको अवस्था पनि बताउनुपर्ने थियो ।

लेटबीलाई चेशाइरको काउन्टेस अफ चेस्टर अस्पतालमा सात शिशुको हत्या र अन्य ६ शिशुको हत्या प्रयासमा दोषी ठहर गरिएको थियो ।-एजेन्सी 

Skip This