अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् ललिता निवास प्रकरणका २८६ प्रतिवादी (सूचीसहित)

यी हुन् ललिता निवास प्रकरणका २८६ प्रतिवादी (सूचीसहित)


काठमाडौँ-बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा संगठित रुपमा कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ।  

यो प्रकरणमा पूर्वमन्त्रीदेखि कर्मचारी, व्यापारी र बिचौलियालाई सजाय गर्न माग गरिएको छ। पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र संजय साहलाई पनि प्रतिवादी बनाइएको छ। तर उनीहरु सबैलाई फरारको सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाइएको छ। जोशी र गच्छदारले भने सो प्रकरणमा उपस्थित भएर बयान समेत दिएका थिए।

कतिपयलाई भने जग्गा फिर्ताको प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको छ। उनीहरुले यसअघि नै सीआईबीमा निवेदन दिएर जग्गा फिर्ता गर्ने प्रतिवद्धता जनाइसकेका छन् । हाल जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीले दिएको प्रतिवेदन अध्ययन गरिरहेको छ। अब केही दिनमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने सरकारी वकिल कार्यालयको तयारी छ।

हेर्नुस् २८६ प्रतिवादीको सूची