अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनीको अध्यक्षमा कँडेल विजयी,  उपाध्यक्षमा श्रेष्ठ निर्वाचित

एमाले लुम्बिनीको अध्यक्षमा कँडेल विजयी,  उपाध्यक्षमा श्रेष्ठ निर्वाचित


बुटवल–नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी हुनुभएको छ । 

बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणाम अनुसार अध्यक्षका अर्को प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी हुनुभएको हो ।

विजयी कँडेलले ४७९ मत प्राप्त गर्दा रिजालले ४७७ मत प्राप्त गर्नुभएको हो । 

यस्तै उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी हुनुभएको  निर्वाचन समितिले  जनाएको छ । 

उपसचिव (पुरुष)मा पूर्ण बुढा मगर ४१८ मत पाउँदै विजयी हुँदा उपसचिव (महिला)मा  लीला राना मगर ३५२ मत पाउँदै निर्वाचित हुनुभएको छ ।