याङ्गुन—म्यानमारकी नेतृ आङ सान सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको परिवारले आरोप लगाएका छन् । सुची हाल सैनिक हिरासतमा छिन् ।
उनका छोरा किम एरिसका अनुसार ७८ वर्षीय सूचीलाई स्वास्थ्य सेवाको आवश्यकता भएको जेलका अधिकारीले बताए पनि सैन्य सरकारले बेवास्ता गरेका हुन् ।
दाँतको समस्याका कारण सुचीले खान खान नसकेको एरिसले बताएका छन् । यद्यपि, सैन्य प्रवक्ताले भने सुचीको स्वास्थ्यमा कुनै समस्या नरहेको र चिकित्सकले निगरानी गरिरहेको दाबी गरेका छन् ।-एजेन्सी






प्रतिक्रिया