अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुडानको राजधानी खार्तूममा हवाई आक्रमण हुँदा ४० बढीको मृत्यु

सुडानको राजधानी खार्तूममा हवाई आक्रमण हुँदा ४० बढीको मृत्यु


काठमाडौँ-सुडानको राजधानी खार्तूमको दक्षिणमा आइतबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारकर्मीले बताएका छन् ।

सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक ‘र्‍यापिड सपोर्ट फोर्सेज’को कमाण्ड सम्हाल्ने उनका पूर्व डेपुटी मोहमद हमदान डग्लोबीच गत अप्रिलमा भएको युद्धमा आइतबार बिहान गरिएको आक्रमण सबैभन्दा घातक आक्रमण हो । ‘स्थानीय समयअनुसार बिहान ७ः१५ बजे सैन्य विमानले कोउरो बजार क्षेत्रमा बमबारी गरेको थियो’ स्थानीय प्रतिरोध समितिले भनेको छ ।

समितिले ३० जनाको मृत्यु भएको अघिल्लो सङ्ख्यालाई पुनरावलोकन गर्दै क्वोरो बजार नरसंहारका पीडितहरूको संख्या दिउँसोसम्म ४० पुगेको पुष्टि गरेको छ । समितिले नजिकैको बशैर अस्पतालमा हताहत हुनेको संख्या बढ्दै गएकाले मृत्यु संख्या थप बढ्ने अनुमान गरिएको छ ।

अस्पतालले त्यस क्षेत्रका सबै स्वास्थ्यकर्मीलाई ‘तत्काल अपिल’ जारी गर्दै ‘घाइतेको बढ्दो संख्या’ को उपचारमा सहयोग गर्न आग्रह गरेको छ । सशस्त्र द्वन्द्व स्थान र घटना तथ्याङ्क परियोजनाको एक अनुमानअनुसार अप्रिल १५ मा सुरु भएको युद्धमा करिब सात हजार ५०० व्यक्तिको मृत्यु भएको छ ।

घाइते र मारिएका मध्ये धेरै अस्पतालमा पुग्न नसकेको भन्दै मृत्यु हुने व्यक्तिको वास्तविक संख्या अझै धेरै रहेको अनुमान गरिएको छ ।

Skip This