अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्पेनको नाइट क्लबमा आगो लाग्दा १३ जनाको मृत्यु 

स्पेनको नाइट क्लबमा आगो लाग्दा १३ जनाको मृत्यु 


काठमाडौँ-दक्षिण पूर्वी स्पेनको मुर्खिया सहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सम्पर्कविहीन छन् ।

स्थानीय समयअनुसार ला फोन्डा नामको नाइट क्लबमा स्थानीय समय अनुसार आइतबार बिहान ६ बजेतिर नाइट क्लब रहेको भवनमा आगो लागेको थियो । त्यतिबेला नाइट क्लबमा भीडभाड थियो ।

आगो वरपरका अरु क्लबमा पनि फैलिएको थियो । त्यसैले अधिकारीहरुले आगलागीमा परी मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाएका छन् ।

सामाजिक सन्जालमा सेयर गरिएको भिडियोमा गाढा कालो धुवाँ निस्किरहेको देखिन्छ । आगलागीको कारण भने खुलेको छैन । आपत्कालीन सेवाका कर्मचारीहरु उद्धार तथा खोजमा खटिएका छन् ।-एजेन्सी

Skip This