अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यक्षमताका आधारमा १५ जना सहसचिव बढुवामा सिफारिस

कार्यक्षमताका आधारमा १५ जना सहसचिव बढुवामा सिफारिस


काठमाडौँ–सरकारले १५ जना सहसचिवको बढुवाका लागि सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कार्यक्षमताका आधारमा १५ जना सहसचिव बढुवामा सिफारिस गरिएको जनाएको हो । 

लोकसेवा आयोगको बढुवा सूचना, सेवा र श्रेणीको रिक्त पदमा कार्यक्षमताका आधारमा बढुवाका लागि बढुवा समितिको मंसिर २४ को निर्णयका आधारमा १५ जनालाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको मन्त्रालयले  जनाएको छ ।

बढुवामा सिफारिस हुनेमा नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, धुव्र बहादुर खड्का, दीर्घबहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थप्रसाद धिताल, राजेश गौतम, ऋषिराम पंगेनी, रामुराज उपाध्याय कडरिया, राजकपुर चौलागाई, सन्तोषप्रसाद दाहाल, सूर्यबहादुर खत्री, जीवनप्रसाद फुयाँल र ऋषिराज आचार्य रहेका छन् ।