अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोक सेवा आयोगले माग्यो २७३ कर्मचारी

लोक सेवा आयोगले माग्यो २७३ कर्मचारी


काठमाडौँ–लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको पदका लागि कर्मचारी माग गरेको छ ।

आज एक सूचना प्रकाशित गर्दै आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतिबाट पदपूर्ति गर्न आयोगले २७३ कर्मचारी माग गरेको हो । 

आयोगले राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखा परीक्षणतर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी मागेको हो ।

दुई चरणमा हुने परीक्षामा लिखित, सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता हुनेछ।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले पुस १७ गतेसम्म आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ। उम्मेदवारहरूले आयोगको वेभसाइटबाट दरखास्त दिन सक्नेछन्।