अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खोटाङका ज्येष्ठ नागरिकसँग अध्यक्ष ओली, तस्बिरहरु 

खोटाङका ज्येष्ठ नागरिकसँग अध्यक्ष ओली, तस्बिरहरु 


दिक्तेल–नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खोटाङका ज्येष्ठ नागरिकसँग भेटघाट गर्नुभएको छ ।आज बिहान खोटाङको सदरमुकाम दिक्तेलमा ओलीले ज्येष्ठ नागरिकहरुसँग भेट गर्नुभएको हो ।  

एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा खोटाङ पुग्नुभएका ओलीलाई ज्येष्ठ नागरिकहरुले फुलमाला लगाएर स्वागत गर्नुभयो । भेटघाटमा ज्येष्ठ नागरिकहरुले अध्यक्ष ओलीलाई आफ्ना कुरा सुनाएर समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।  

त्यसक्रममा अध्यक्ष ओलीले खोटाङ आएर ज्येष्ठ नागरिकसँग भेट्न पाउँदा खुसी लागेको र आफू सधैँ ज्येष्ठ नागरिकको पक्षमा रहेको बताउनुभयो । खोटाङमा सामान्य भेटघाटपछि ओलीसहितको टोली भोजपुर जानेछ । त्यहाँ पनि अध्यक्ष ओलीले स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम छ ।