अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सुरक्षा कोषले माग्यो कर्मचारी

सामाजिक सुरक्षा कोषले माग्यो कर्मचारी


काठमाडौँ–सामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै कोषले लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका लागि आवेदन माग गरेको हो ।  

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्ने कोषले जनाएको छ । 

आवेदन पुस २६ गतेसम्म दिन सकिने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।