अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाकिस्तानले गर्‍यो फतह–२ मिसाइलको सफल परीक्षण

पाकिस्तानले गर्‍यो फतह–२ मिसाइलको सफल परीक्षण


काठमाडौँ–पाकिस्तानले फतह–२ मिसाइलको सफल परीक्षण गरेको छ । पाकिस्तानले ४०० किलोमिटर टाढासम्म निसाना साँध्न सक्ने फतह–२ मिसाइलको सफल उडान परीक्षण गरेको इन्टर सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर)ले जनाएको हो ।

पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरले उक्त मिसाइल अत्याधुनिक एभियोनिक्स, अत्याधुनिक नेभिगेसन प्रणाली र अनौठो उडान प्रक्षेपणले सुसज्जित रहेको जनाएको छ ।

आईएसपीआरका अनुसार हतियार प्रणालीले ४०० किलोमिटरको दायरासम्म लक्ष्य साँध्न सक्छ । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वी र प्रधानमन्त्री अनवर–उल–हक काकरले उडान परीक्षण सफल भएकामा सहभागी सेना र वैज्ञानिकलाई बधाई दिएका छन् ।-एजेन्सी

Skip This