अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हमाससँगको युद्धमा २२५ इजरायली सैनिकको मृत्यु

हमाससँगको युद्धमा २२५ इजरायली सैनिकको मृत्यु


तेल अहिव- इजरायल र हमासबीचको लडाईं अझै जारी छ । जारी युद्धमा हालसम्म २२५ इजरायली सैनिकको मृत्यु भएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार गत अक्टुबर ७ देखियता भएका युद्धमा हालसम्म २२५ जना इजरायली सैनिकको मृत्यु भइसकेको छ । 

साथै, पछिल्लो समयमा २४ वर्षीय सार्जेन्ट फर्स्ट क्लास शिमोन येहोशुआ असुलिनको दक्षिणी गाजामा हमासविरुद्धको लडाइँमा मृत्यु भएको इजरायलले जनाएको छ ।

टाइम्स अफ इजरायलका अनुसार हालै मृत्यु भएका सैनिक येहोशुआ इजरायलको बेइट शेमेशका बासिन्दा थिए र हरेल ब्रिगेडको ९२४ औं इन्जिनियरिङ बटालियनमा कार्यरत रहेका थिए थिए । दक्षिणी गाजा पट्टीमा उनको हत्या भएको हो । उता, इजरायलले लेबनानका विभिन्न स्थानमा आक्रामण गरेको जनाएको छ ।

शनिबार मात्रै दक्षिणी लेबनानको तैबेह गाउँमा रहेको हिज्बुल्लाह भवनमा हवाई हमला गरिएको थियो । दिनभरि आइडिएफले लेबनानका विभिन्न स्थानहरूमा तोपका गोलाहरू प्रहार गरेको हो । तर, त्यस हमलाबाट कति हताहत भए भन्ने बारेमा कुनै जानकारी दिइएको छैन । हिजबुल्लाह लेबनानमा एक शिया राजनीतिक र अर्धसैनिक संगठन हो । हिजबुल्लाह लेबनानी गृहयुद्धको समयमा स्थापित भएको समूह हो । जसको नेतृत्व हसन नसरल्लाहले गरिरहेका छन् ।