अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा आवेदन

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा आवेदन


काठमाडौँ– नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा आवेदन माग गरेको हो । 

खुला तथा समावेशीसहित एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ । 

खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उम्मेदवारले दरखास्त दिन सक्नेछन् । 

चैत ९ गतेसम्म आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।