अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी सरकार र पहिचान पक्षधरबिच आज पुनः वार्ता  

कोशी सरकार र पहिचान पक्षधरबिच आज पुनः वार्ता  


काठमाडौँ– कोशी प्रदेश सरकार र प्रदेश नं १ पुनःनामकरण संयुक्त सङ्घर्ष समितिबिच आज पुनः वार्ता सुरु भएको छ । प्रदेश राजधानी विराटनगरमा हिजो भएको छलफल सकारात्मक भएपछि आज पुनः वार्ता भएको हाे ।  

हिजोको वार्तामा दुवै पक्षबिच साझा सहमति कायम गरी प्रदेश सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको थियो । 

प्रदेश सरकार वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगु, पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल र संयुक्त सङ्घर्ष समितिका सदस्यबिच आज पनि वार्ता हुँदैछ ।