अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माध्यमिक शिक्षा निःशुल्क गराउन माग गर्दै अनेरास्ववियुले गर्‍यो सर्वोच्चमा रिट दायर

माध्यमिक शिक्षा निःशुल्क गराउन माग गर्दै अनेरास्ववियुले गर्‍यो सर्वोच्चमा रिट दायर


काठमाडौं-नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेपलान्चोक जिल्ला कमिटीले माध्यमिक शिक्षा निःशुल्क गराउन सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ।

अनेरास्ववियुले काभ्रेका स्थानीय तह, शिक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको हो।

रिटमा भनिएको छ, ‘…विद्यार्थीको निःशुल्क पढ्न पाउने संवैधानिक हक विपरीतको कार्य रोक्न विपक्षीहरुले भूमिका नखेलेको कारणले विद्यार्थी र अभिभावकलाई आर्थिक पीडा भइरहेको हुँदा, उक्त कार्यलाई रोक लगाउन अन्य कुनै प्रभावकारी वैकल्पिक उपचारको मार्ग नभएकोले बाध्य भइ सम्मानित सर्वोच्च अदालतमा यो रिट निवेदन दर्ता गर्न आएको छु।’

नेपालको संविधानको धारा ३१ द्वारा प्रदत्त नेपाली नागरिकले कक्षा १२ (माध्यमिक तह) सम्मको शिक्षा निःशुल्क रुपमा अध्ययन गर्न पाउने मौलिक हक प्रदान गरिएको अवस्थामा त्यस्तो मौलिक हकमा अनुचित बन्देज लगाउने गरी विद्यार्थीहरुवाट विभिन्न शीर्षक अन्तर्गतको वाहनामा शुल्क असुल गर्ने कार्य भइरहेको उल्लेख छ।