अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकसेवा आयोगले माग्यो खरिदारका लागि दरखास्त

लोकसेवा आयोगले माग्यो खरिदारका लागि दरखास्त


काठमाडौँ– लोकसेवा आयोगले खरिदारका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहका पदमा आवेदन मागेको हो ।

आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौँ, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ । लिखित परीक्षा, कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्ताका माध्यमबाट उक्त पदहरूमा छनोट गरिने आयोगले सूचनामा भनेको छ ।

आगामी चैत २० गतेसम्म दरखास्त दिन सकिने छ । त्यस्तै चैत २७ सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ ।