अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पश्चिम जापानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

पश्चिम जापानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प


टोकियो- दक्षिणपश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ । यद्यपि भूकम्पबाट कुनै सुनामी वा क्षतिको समाचार भने सार्वजनिक भएको छैन ।

भूकम्पको केन्द्र उवाजिमाबाट करिब १८ किलोमिटर पश्चिममा क्युशु र शिकोकु टापुलाई विभाजन गर्ने च्यानलमा करिब २५ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । जापानको मौसम विज्ञान एजेन्सी जेएमएले भूकम्पका कारण सुनामीको कुनै खतरा नरहेको जनाइएको छ ।

जापानको आणविक नियमन प्राधिकरणले भूकम्प गएको क्षेत्रमा इकाता आणविक ऊर्जा केन्द्र सामान्यरूपमा सञ्चालन भएको जनाएको छ । सरकारका प्रवक्ता योशिमासा हयाशीले कुनै पनि विद्युत् संयन्त्रमा सुनामीको कुनै चेतावनी वा असामान्यता नभएको पुष्टि गर्दै भूकम्पबाट कति क्षति भयो भन्नेबारे अधिकारीहरूले जाँच गरिरहेको बताए । उनले जनतासँग भूकम्पको झट्काप्रति सर्तक रहन आग्रह गरेका छन् ।