अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डिशहोमको मिसन-८१: एक वर्षको रिचार्ज गर्दा १२ महिनासम्म निःशुल्क डिशहोम हेर्न पाइने

डिशहोमको मिसन-८१: एक वर्षको रिचार्ज गर्दा १२ महिनासम्म निःशुल्क डिशहोम हेर्न पाइने


काठमाडौं-नयाँ वर्ष २०८१ को सुरुवातसँगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि मिसन-८१ योजना लिएर आएको छ। यस योजनामा सहभागी ग्राहकहरुले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्र मार्फत एक महीनादेखि १२ महीनासम्म थप बोनस प्राप्त गर्न सक्नेछन्।

डिशहोम मिसन ८१ मा डिशहोमका ग्राहकहरुले मात्र रु. तीन हजारमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन्। यस्तै वेसिक प्लसको रु. तीन हजार पाँच सय र प्रिमियम लाईफस्टाईलको रु. चार हजारमा डिशहोमको वार्षिक रिचार्ज गर्न सकिनेछ। ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन्।

नेपालभर रहेका डिशहोमका डिलर, सव डिलर तथ विक्रेताहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन्। फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ।