अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डिशहोमले ल्यायो जति पैसाको रिचार्ज उतिनै पैसा बोनस अफर

डिशहोमले ल्यायो जति पैसाको रिचार्ज उतिनै पैसा बोनस अफर


काठमाडौं- ‘खुसीको रिचार्ज’ अफर अन्तर्गत डिशहोमले जति पैसाको रिचार्ज उतिनै पैसा अफर ल्याएको छ।

कम्पनीका अनुसार डिशहोम डिटिएचका ग्राहकहरूले अब जति रकम रिचार्ज गर्छन् उतिनै रकम बोनस स्वरूप प्राप्त गर्ने भएका छन् । ग्राहकहरूले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् ।

३६५ दिनदेखि रिचार्ज नगरेको गाहकहरूलाई लक्षित गरी कम्पनीले यो योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्छन् उति पैसा बोनस स्वरूप पाउनेछन् । यदि ग्राहकले ४०० को रिचार्ज गर्दा ४००, २००० को रिचार्ज गरेमा २००० नै बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ।

नियमित रिचार्ज गरिरहेका ग्राहकहरूले भने १ वर्षको रिचार्ज गर्दा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने पक्का मौका पाउने कम्पनीले जनाएकाे छ। । डिशहोम डिटीएचका नियमित ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत वार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।