काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताबारे राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ।
नेपालको नोटमा चुच्चे नक्सा राखिएकोबारे विज्ञ सल्लाहकारबाटै आपत्तिजनक अभिव्यक्ति आएको भन्दै अध्यक्ष आपत्ति जनाउनुभएक हो।
शुक्रबार एमाले संसदीय दलको बैठकमा बोल्दै उहाँले राष्ट्रपतिका सल्लाहकार कस्ता हुन् भनेर प्रश्न समेत गर्नुभयो।
‘नेपालले नेपालको नोटमा नेपालको नक्शा छाप्दा अर्को देश करायो। किन करायो होला अर्को देश भन्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरू त्यो अर्को देश कराए सँगसँगै यो फलानो देशलाई उत्तेजित पार्न खोजिएको हो भन्छ’, ओलीले भन्नुभयो, ‘सम्माननीय राष्ट्रपतिले कस्ता र कसका मान्छेलाई जागिर खुवाएर राख्नुभएको छ ? यस्तै मान्छे राखेर तिनकै सल्लाहअनुसार, त्यस्ता मान्छे राष्ट्रपतिले राख्न मिल्छ ? यस्ता विद्वेश भएका मान्छेहरू राष्ट्रपति कार्यालयमा गुँड बनाउने ? म राष्ट्रपतिजीलाई सुन्नु भएको छ कि छैन, छैन भने यही भनाइबाट सुन्नुस्।’
अध्यक्ष ओलीले यसबारे एमालेले संसद्मा गम्भीर ढङ्गले राख्ने समेत बताउनु भयो । साथै उहाँले यसमा राष्ट्रपति वा प्रधानमन्त्रीले जवाफ कसले दिने हो दिनुपर्ने पनि बताउनुभयो।






प्रतिक्रिया