अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नगरपालिका तोडफोड अभियोगमा रंगेलीमा ६ जना विद्यार्थी पक्राउ

नगरपालिका तोडफोड अभियोगमा रंगेलीमा ६ जना विद्यार्थी पक्राउ


विराटनगर-मोरङकाे रंगेली नगरपालिकामा तोडफोड गरेको र नगर प्रहरीमाथि आक्रमण गरेको अभियोगमा मोरङ प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाएको छ। विद्यार्थीको समूहले रंगेली नगरपालिकाका नगर रक्षक (नगरप्रहरी)माथि आक्रमण गरेको थियाे। निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरेको भन्दै नगरपालिका पुगेका उनीहरूले नगरप्रहरीमाथि आक्रमण गरेका थिए।

विद्यार्थी समूहको आक्रमणबाट ४ जना नगरप्रहरीहरू घाइते भएका छन् । साथै उनीहरूले नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनु भयो।

पक्राउ पर्नेमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र छन् । पक्राउ परेका उनीहरूविरुद्ध अभद्र व्यवहार मुद्दा चलाइने प्रहरीले बताएको छ।