काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ।
बिहीबार अपराह्न ४ बजेका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको एक स्रोतले जनाएको हो।
बैठकले नियुक्तिसहितका महत्वपूर्ण निर्णयहरु गर्न सक्ने बताइएको छ। यसअघि सोमबार ओलीले शपथ लिएकै दिन मन्त्रिपरिषद्को बैठक बसेको थियो। उक्त बैठकले बाढी–पहिरोबाट मृतकका परिवारलाई राहत दिने, कामु मुख्यसचिव तोक्ने, जाजरकोट भूकम्प प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम दिनेसहितका १० निर्णय गरेको थियो ।
प्रतिक्रिया