अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुईदिन भित्र सरकार- शिक्षक सहमति हुन्छ : सञ्चारमन्त्री गुरुङ

दुईदिन भित्र सरकार- शिक्षक सहमति हुन्छ : सञ्चारमन्त्री गुरुङ


काठमाडौं- सुचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले दुईदिन भित्र शिक्षक र सरकारबीच सहमति हुने बताउनुभएको छ ।
मन्त्रिपरिषदको बैठकपछि आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले आज शिक्षा मन्त्रीले शिक्षक महासंघसँग वार्ता गर्नु भएको र त्यसलाई भोली वा पर्सी भित्र सहमतिमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार आजको मन्त्रिपरिषद बैठकमा सो विषय प्रवेश गराइएन । मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषदमा लैजानका लागि अझै कामहरु बाँकी रहेकोले शिक्षक आन्दोलनको प्रस्ताव नलगिएको हो ।