काठमाडौँ-नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूको सल्लाह सुझावअनुसार काम गर्ने बताउनु भएको छ। राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हाे ।
नवनियुक्त शिक्षा मन्त्री पुनले भन्नुभयो,‘अब मैले विज्ञहरूको सल्लाह सुझाव माग्छु, अब को कोले राम्रो सुझाव दिन आउँछ, सुझाव दिन त राम्रो, नराम्रो सबै आउँछ। जो जो राम्रो आउँछन्, राम्रो मान्छेको सुझाव लिएर अनि त्यसलाई सकेसम्म छिटो छरितो कार्यान्वयन गर्ने काम हुन्छ।’
मन्त्री पुनले किताब बेच्दै गरेको मान्छे अपर्झट मन्त्री बन्नु परेको भन्दै अहिले नै यो यो काम गर्छु भनेर नभन्ने बताउनुभयाे। मन्त्री पुनले सरकारबाट सेवा सुविधा नलिने उद्घोष गर्नुभयाे। उहाँले भन्नुभयाे, ‘शिवजी भइदिएको भए त्रि-नेत्र लगाएर म यसो उसो गर्छु भन्थे। तर, अपर्झट यहाँ आएर मन्त्री भएको छु। सेवा सुविधा केही चाहिदैन। अब मन्त्रालयमा बस्ने र त्यही ओछ्यान लगाउने हो।’




प्रतिक्रिया