अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बादल लागे फाट्छ, साँझ अँध्यारो भए बिहान उज्यालो हुन्छ: अध्यक्ष ओली

बादल लागे फाट्छ, साँझ अँध्यारो भए बिहान उज्यालो हुन्छ: अध्यक्ष ओली


भक्तपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई देशभक्त बनाउनुपर्ने बताउनुभएको छ। देश र जनतालाई माया गर्ने युवा पङ्क्ति बनाउनुपर्ने उहाँको भनाइ थियो।

भक्तपुर स्थित गुण्डु निवासमा आज युवा सङ्घका नेता कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ पुस्ता देश र समाजप्रति जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो। ‘हामी आफू अत्यन्तै जिम्मेवार नागरिकको रूपमा, देश बनाउने कर्मठको रूपमा जानुपर्दछ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रो आनीबानी बरव्यवहार, बोलीचाली अत्यन्तै मिठो, सुमधुर हुनुपर्दछ। समाज उपयोगी हुनुपर्दछ।’

असभ्य र गैह्र जिम्मेवार हुनु युवापन नभएको उहाँको भनाइ छ। युवाहरुले छलकपट हैन इमान्दार हुन सिक्नुपर्ने उहाँको भनाइ छ। ‘सामाजिक सञ्जालको प्रभावमा पर्ने,डिजिटल प्लेटफर्महरुमा सहभागी हुने र त्यसको सदुपयोग गरिरहेको छु कि छैन भनेर राम्ररी बिचार नगरीकन हल्काफुल्का ढंगले चल्ने प्रवृतिहरु बढेका छन्’ अध्यक्ष ओलीले भन्नुभयो ‘यस प्रवृतिलाई हामीले अन्त्य गर्नुपर्दछ।’

 नेपालीलाई भिसा नदिने,काम नदिने अवस्था भएको अध्यक्ष ओलीले बताउनुभयो । यहाँले नेपाल बद्ध्नाम अवस्थामा पुगिसकेको उहाँले बताउनुभयो । यस्तो बद्ध्नामीबाट बचाउनु हाम्रो कर्तव्य भएको उहाँको भनाइ छ । ‘नेपाल इमान्दार र कर्मठ मान्छेको देश हो । अत्यन्तै जिम्मेवार र सभ्य मानिसहरुको देश हो । एउटा सभ्यताको लामो इतिहास भएको देश हो र त्यो सभ्यतालाई विकास गरेर लैजान तम्तयार नयाँ पिंडि भएको देश हो भनेर हामीले अगाडी बढाउनु पर्दछ ’ अध्यक्ष ओलीले भन्नुभयो ।

देशमा हालैको आन्दोलनले देशमा ठुलो क्षति भएको र यस क्षतिबाट उठाएर देशलाई अघि बढाउनु पर्ने उहाँको भनाइ छ । फेरी यस प्रकारका घटना हुन नदिन संगठित भएर जानुको विकल्प नभएको उहाँले बताउनुभयो । उहाँले युवालाई हिम्मत र हरेश नखान आग्रह गर्नुभएको छ । ‘सिंहदरबार जलाइयो ।कस्ले जलायो ? देश र इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलायो होला र ? पक्कै जलाएन  ’  अध्यक्ष ओलीले भन्नुभयो ‘अरु नै कुनै घुसपैठिया तत्वले गरे जो पहिले देखि नै भन्दैथिए त । सिंहदरबार जलाउछु भनेर । यो एउटा योजनाबद्ध काम हो । ’

 उहाँले बादल लागे पनि फेरी बादल फाट्ने र साँझ पर्यो भन्दैमा बिहान उज्यालो नहुने होइन भनेर बुझ्नुपर्ने बताउनुभयो ।

Skip This