काठमाडौं-नेकपा एमालेको जारी केन्द्रीय सचिवालयको बैठक भोली पनि बस्ने भएको छ । भोलीको बैठकमा ११ औं महाधिवेशनको मिति प्रस्तावना गरिने भएको छ ।
आजको बैठकपछि पार्टीका उपमहासचिव एवं प्रवक्ता प्रदिप ज्ञवालीले दिएको जानकारी अनुसार भोलीको मितिमा महाधिवेशनको मिति प्रस्ताव गरिने भएको छ । पार्टी भित्र केही नेताहरुले अहिले पार्टीको नेतृत्व परिवर्तनको विषय उठाएपछि यो विषय महाधिवेशनको हलबाटै निरुपण गर्ने एमालेले जनाएको छ ।
महाधिवेशनका प्रतिनिधीहरुको फैसलाले नै नेतृत्वको विषय टुंगो लगाउने नेताहरुले जनाएका छन् ।
आजको बैठकले सरकारले दलहरुलाई निषेध गरेर मुठभेड निम्त्याउन अग्रसर भएको आरोप समेत लगाएको छ । सरकार निर्वाचन गराउनतिर नभई पार्टीहरुलाई रोक लगाउने,नेताहरुलाई स्थानहद तोक्ने र प्रहरी हत्या तथा लुटपाट गर्नेहरुलाई गृहमन्त्रीको आदेशमा छाड्ने काममा लागेका ज्ञवालीले बताउनुभयो ।
एमालेका एक पदाधिकारीले दिएको जानकारी अनुसार मंसिरको दोस्रो साता काठमाडौंमा ११ औं महाधिवेशन गर्ने एमालेको तयारी छ ।






प्रतिक्रिया