अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडकको आगो मन्त्री मण्डलमा समुहले मिराज ढुंगानालाई गृहमन्त्री र तीन मन्त्री सहित पाँच राज्यमन्त्री माग्यो

सडकको आगो मन्त्री मण्डलमा समुहले मिराज ढुंगानालाई गृहमन्त्री र तीन मन्त्री सहित पाँच राज्यमन्त्री माग्यो



काठमाडौं- जेन जीका अनेक समुह सतहमा देखिरहँदा आन्दोलनको आह्वान गर्ने मिराज ढुंगाना समुहले सरकारमा आफ्नो सहभागिताका लागि आठवटा नामहरु सिफारिस गरेको छ । उक्त समुहले आफ्नो नाम सडकको आगो मन्त्री मण्डलमा राखेको छ । सो समुहको आज नक्सालमा बसेको बैठकपछि जारी गरेको प्रस विज्ञप्तीका अनुसार मिराज ढुंगानालाई गृह,सिपि श्रेष्ठलाई पर्यटन तथा नागरिक उडययन र दिवकार दंगाललाई महिला तथा बालबालिका मन्त्री सिफारिस गरेको छ ।
यसैगरी रक्षा बम बमलाई महिला बालबालिका राज्यमन्त्री,पुरुषोत्तम यादवलाई पर्यटन राज्यमत्री,ओजस्वी राज थापालाई बन तथा वातावरण मन्त्री,जस्मिन ओझालाई सहरी विकास राज्यमन्त्री र प्रवेश दाहाललाई श्रम तथा रोजगार राज्यमन्त्रीमा सिफारिस गरेको विज्ञप्तीमा जनाइएको छ ।