काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा नेतृत्व हस्तान्त्रण गर्ने बताउनु भएको हो ।
सभापति देउवा भन्नभयाे, ‘म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैँ एकै जना मुली रहँदैन पार्टीमा पनि हमेसा एकैजना सभापति रहिरहँदैन। जहाँसम्म मेरो विषय छ मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्छु भनिसकेको छु।’
आगामी १५औं महाधिवेशनबाट आफू बाहेक अरु कुनै सभापति बन्ने भएकाले द्विविधा नपर्न आग्रह गर्नुभयो।
यस्तो छ महाधिवेशनबारे सभापति देउवाको भनाइ


प्रतिक्रिया