अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका नेतालाई अध्यक्ष ओलीकाे आग्रह: झोलीतुम्बा बोकेर बास खोज्न अन्त जानु पर्दैन, घर फर्किनुस्

नेकपा एसका नेतालाई अध्यक्ष ओलीकाे आग्रह: झोलीतुम्बा बोकेर बास खोज्न अन्त जानु पर्दैन, घर फर्किनुस्


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी ओली नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्तालाई लक्षित गर्दै पार्टीमा फर्किन आग्रह गर्नुभएको छ।

बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एसका नेता–कार्यकर्तालाई एमालेमा फर्किन आग्रह गर्नुभएको हो।

माधव नेपाल नेतृत्व समाजवादीका नेता-कार्यकर्ताहरु झोली तुम्बा बोकेर छहारी खोज्दै हिँडिरहेको टिप्पणी गर्दै अध्यक्ष ओलीले आश्रय खोज्दै अन्यत्र नभौतारिन आग्रह गर्नुभयो।

‘आज समाजवादी पार्टीका नेताहरू छहारी खोज्दै कसका पिँढीमा बास बसुँ भनेर झोलीतुम्बा बोकेर कुद्दै छन्, म कार्यकर्ता साथीहरुलाई भन्न चाहन्छु, तपाईं आफैंले बनाएको पार्टी यहाँ छ, आश्रय खोज्न नजानुस् कुनै चौपारी खोज्न नजानुस्, कसैका बलेसीबाट भित्र छिरेर ओत लाग्ने कुरा नखोज्नुस्। यो मजबुत घर छ, यसलाई कसैले डग्मगाउन सक्दैन यो मजबुत पार्टी हो,’ अध्यक्ष ओलीले भन्नुभयो।

एमाले निर्माणमा एकीकृत समाजवादीमा रहेका नेता-कार्यकर्ताको पनि उत्तिकै भूमिका रहेको भन्दै अध्यक्ष ओलीले मूल घर फर्किन आग्रह गर्नुभयाे । अध्यक्ष ओलीले भन्नुभयो, ‘कतिपय साथीहरूले गल्ती गर्नुभएको छ, अब तीनै गल्तीहरूमा अल्झिएर बस्ने होइन । कतिले पार्टी विभाजन गरे, गराए, साथीहरू भ्रममा पर्नुभयो होला । तर, एमाले विशाल छाती भएको पार्टी हो, त्यसैले हिजो जो घर छाडेर अन्यन्त्र जानुभएको थियो, घर फर्किन आग्रह गर्छु।’

 अध्यक्ष ओ‌लीले एमालेलाई यहाँसम्म ल्याउन छाडेर जानेहरूको पनि भूमिका रहेको बताउनुभयाे । साढे ६ लाख सदस्य भएको बलियो पार्टी भएकाले ती नेतालाई अब फर्किन आग्रह गर्नुभयाे ।

Skip This