अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको प्रश्न- ‘के मा मुद्दा लगाउनुहुन्छ, रिस उठ्यो भन्दैमा थुन्ने ?’

अध्यक्ष ओलीको प्रश्न- ‘के मा मुद्दा लगाउनुहुन्छ, रिस उठ्यो भन्दैमा थुन्ने ?’


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकार आफूलाई झूटा मुद्दा लगाएर पक्राउ गर्नमा केन्द्रित रहेको आरोप लगाउनुभएकाे छ।

शनिबार एमालेले च्यासलमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई पक्राउ गर्न दिनैपिच्छे बैठक बसिरहेको बताउनुभयाे।

‘दिनैपच्छिे केपी ओलीलाई कसरी गिरफ्तार गर्ने, कसरी झुटा मुद्दा लगाउने भनेर बैठक बसेर बन्छ देश?,’ अध्यक्ष ओलीले भन्नुभयाे, ‘केमा मुद्दा लाउनुहुन्छ? के मा? तपाईंलाई रिस उठ्यो भन्दैमा मुद्दा? तपाईंलाई रिस उठ्यो भन्दैमा थुन्ने? कि कुनै आधार छ, कारण छ?’

अध्यक्ष ओलीले आफू जनुसुकै समयको पनि सम्पति छानबिन गर्न तयार रहेको समेत बताउनुभयाे। ‘हामीले भनेका छौँ, हाम्रो पार्टीले भनेको छ २००७ सालदेखिको छानबिन गर्नु छ भने पनि गरौँ,’ अध्यक्ष ओलीले भन्नुभयाे, ‘२०४६ पछिकै छानबिन गर्नुपर्छ भने पनि गरौँ। २०६२/०६३ पछिको छानबिन गर्नुपर्छ भने पनि गरौँ।’