काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार फागुन २१ मा चुनाव गराउने पक्षमै नरहेको दाबी गर्नुभएकाे छ।
शनिबार एमालेले च्यासलमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताउनु भएकाे हाे।
अध्यक्ष ओलीले सरकारले दलहरूलाई चुनावमा भाग लिनै नदिन खोजेकाे बताउनुभयाे। अध्यक्ष ओलीले भन्नुभयाे, ‘फागुन २१ मा चुनाव गर्ने, राजनीतिक दलहरूसँग संवाद नगर्ने, निषेध गर्ने, दमन गर्ने, अनि फागुन २१ मा चुनाव हुन्छ रे। यो चुनाव हुनेवाला छैन। त्यसैले हामीले संसद् पुनर्स्थापना भनेका हौँ।’
सरकारले फागुन २१ मै चुनाव हुन्छ भनेर जनतालाई ढाटेको जिकिर गर्नुभयाे। अध्यक्ष ओलीले शान्ति सुरक्षा कायम नभएसम्म चुनाव हुनै नसक्ने बताउनुभयाे। अपराधीहरू हतियारसहित फरार भएकाले जनताले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था रहेको बेलामा चुनावको कल्पना समेत गर्न नसकिने उहाँले बताउनुभयाे।






प्रतिक्रिया