अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको कनकाईमा एमालेले बनायो सुरक्षा दस्ता

झापाको कनकाईमा एमालेले बनायो सुरक्षा दस्ता


कनकाई-झापाको कनकाईमा ५५ सदस्यीय नगरस्तरीय सुरक्षा दस्ता गठन गरिएको छ। २०८२ गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा देशव्यापी रुपमा भएको तोडफोड र आगजनीप्रति खेद प्रकट गर्दै एमाले कनकाई नगर कमिटीले आगामी दिनमा यस्ता किसिमका अवाञ्छित गतिविधिका रोक्न नगरस्तरीय सुरक्षा दस्ता गठन गरेको हो।

नेकपा (एमाले) जिल्ला कमिटी झापाका सदस्यद्वय पार्टीका युवा नेता विनोद राना संयोजक र अर्का युवा नेता दीपक चापागाईं सहसंयोजक रहने गरी नगरस्तरीय सुरक्षा दस्ता गठन गरिएको हो।

जेनजीका नाममा भएको आन्दोलनमा एमालेका धेरैजसो नेता तथा कार्यकर्ताहरु साथै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको घरमा भएको तोडफोड र आगजनीप्रति पार्टीले खेद प्रकट गर्दै दोषीलाई कडा कारबाहीको माग गरिएको नवगठित सुरक्षा दस्ताका संयोजक रानाले जानकारी दिए ।

समाजमा फैलिएको अराजक गतिविधि एवं विकृति विसंगतिका विरुद्ध एमालेका नेता तथा कार्यकर्ता, शुभचिन्तक तथा आम कनकाईबासीको सुरक्षाका निम्ति नेकपा एमाले गम्भीर रहेको जनाउँदै नवगठित सुरक्षा दस्ताका सहसंयोजक चापागाईँले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई सतर्क रहन अनुरोध गरे ।

एमाले जिल्ला कमिटी झापाका सदस्य एवं सुरक्षा दस्ताका संयोजक विनोद राणाको अध्यक्षता एवं जिल्ला कमिटी झापाका उपाध्यक्ष शिव ढुंगेलको प्रमुख आतिथ्य रहेको नगर कमिटीको विशेष कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आन्दोलनका विषयमा भएका गतिविधिको जानकारी गराएका थिए ।