अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बानेश्वरमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला

बानेश्वरमा कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला


काठमाडौँ-नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरु भएको छ।  काठमाडौंको थापागाँउस्थित थापागाँउ व्याङ्क्वेटमा भेला सुरु भएको हो। भेलामा महामन्त्री गगन थापा पक्षधर केन्द्रीय सदस्यहरूसमेत सहभागी छन्। 

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेपछि विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाउनेहरूले विशेष भेला गरिरहेका हुन् । 

विशेष महाधिवेशन माग्दै असोज २९ गते २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो ।