काठमाडौं-राप्रपा महामन्त्री धवल शम्शेर राणाले आफूनिकट नेताहरूको भेला बालुवाटारमा राख्नुभएको छ।
बालुवाटारस्थित नेपाल हाउसमा महामन्त्री राणाले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाउँदै सो भेला राख्नुभएको हो।
कात्तिक २७ र २८ मा अध्यक्ष लिङ्देनले केन्द्रीय समिति बैठक आह्वान गर्नुभएको छ। उक्त बैठक तयारीका लागि महामन्त्री राणाले आज आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरूको भेला गर्नुभएको एक नेताले जानकारी दिनुभयो।






प्रतिक्रिया