अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो, हामीले स्वीकार गरेनौँ: जनार्दन शर्मा

 प्रचण्डले माधव नेपालको नीतिमा आत्मसमर्पण गर्नुभयो, हामीले स्वीकार गरेनौँ: जनार्दन शर्मा


काठमाडौं नेकपा माओवादी केन्द्र परित्याग गरी नयाँ अभियान घोषणा गरेका नेता जनार्दन शर्माले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाउनुभएको छ। 

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै आफूहरुले त्यसलाई स्वीकार नगरेको र नयाँ अभियान घोषणा गरेको नेता शर्माले बताउनुभएको हो।

‘अध्यक्ष प्रचण्ड माओवादी पार्टी छाडेर माधव नेपालजीको नीतिमा आत्मसमर्पण गर्नुभयो,’ नेता शर्माले भन्नुभयो, ‘उहाँ उतै जानु भयो। हामीले त्यो कुरालाई स्वीकार गरेनौँ।’

नेता शर्माले आयोजक कमिटीले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर एकताको नाटक गरेको पनि आरोप लगाउनुभयो।

नेता शर्माले भन्नुभयो, ‘पार्टीभित्र विधि र पद्धति स्थापित हुन नदिने, प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्न नदिने उद्देश्यले एकता भइरहेको छ। त्यसले न देशलाई निकास दिन्छ, न त जनमत नै पाउँछ, आजैदेखि त्यहाँ भद्रगोल सुरु भइसक्यौँ। हजारौँको केन्द्रीय कमिटी बन्दै छन्।’

नेता शर्माले माओवादीको बिरासत समेत आफूूहरुले नै बोक्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘जनयुद्ध, जन आन्दोलन र बलिदानको जो कुरा छ, त्यो बिरासत हामीले बोक्छौँ। त्यसको जिम्मा हामीले लिन्छौँ।’ 

पूर्वमन्त्री समेत रहेका शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान, नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गर्नुभएको छ। उहाँले उक्त अभियानमार्फत ’तेस्रो र नयाँ बाटो’ विकसित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।