अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दीपक भट्ट र शुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

दीपक भट्ट र शुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं-सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन हिरासतमा राख्न म्याद थप भएको छ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले उनीहरूलाई सात दिन हिरासतमा राख्न म्याद थपेको हो।

उनीहरुलाई विभागले ३० दिन हिरासतमा राख्न समय माग गरेको थियो।

विभागले उनीहरूको अनुसन्धान अन्तिम चरणमा पुगेको, सम्पत्ति शुद्धीकरणको कसुरमा जोडिएको बीमा ऐन र धितोपत्र ऐन अन्तर्गतको सम्बद्ध कसुरको अनुसन्धान भइरहेको पनि उल्लेख गरेको छ।

राय प्रतिवेदन तयार गर्नका लागि माग गरेको हुँदा अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।