प्युठान-प्युठानको स्वर्गद्वारी नगरपालिका-४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटना भएको हो।
मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा २१ जना घाइतेमध्ये ५ जना बालबालिका रहेको प्रहरीले जनाएको छ । तीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
जिप सडकबाट करिब २५–३० मिटर तल खसेको थियो । घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।







प्रतिक्रिया