अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

व्यवसायी शेखर गोल्छा पक्राउ

व्यवसायी शेखर गोल्छा पक्राउ


काठमाडौं-व्यवसायी एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्। गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बिहीबार काठमाडौँकाे नारायणचौर (नक्साल)बाट नियन्त्रणमा लिएको हो।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार गरेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’मा गोल्छाले भट्टलाई कारोबारमा सघाएको देखिएको छ। शेयर बजारमा नेपाल रिइन्स्योरेन्सको शेयर मूल्यमा कृतिम माग सिर्जना गराई दोस्रो बजार प्रणालीलाई झुक्याएर मूल्य बढाउने कार्य गरेको र त्यसका लागि गोल्छाले पैसा दिएर सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ। 

भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिबाट गरिएको कारोबारमा मुख्यगरी रुपमा दिपक भट्ट र तथा सहयोगीको रुपमा हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्व, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड, रोहित गुप्ता र शेखर गोल्छाको रकम प्रयोग भएको देखिएको प्रतिवेदनमा उल्लेख छ। 

त्यसरी कारोबार गर्न दिएकोमध्ये ब्रोकर कम्पनीले गोल्छालाई ५२ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी देखिएको छ। यो तथ्य बाहिरिएपछि गोल्छाले फागुन २५ मा हिमालयन रि इन्सुरेन्सको अध्यक्षबाट राजीनामा दिएका थिए। चैत ५ मा हिमालयन रिको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरेको थियो।