अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुकुम्बासी बस्तीमा शुक्रबार साँझसम्म टहरा खाली गर्न माइकिङ

सुकुम्बासी बस्तीमा शुक्रबार साँझसम्म टहरा खाली गर्न माइकिङ


काठमाडौँ-स्थानीय प्रशासनले काठमाडौँको सुकुमबासी बस्ती खाली गर्न माइकिङ गर्न थालेको छ। बिहीबार साँझबाट सूचना स्वरूप स्थानीय प्रशासनले माइकिङ गर्न थालेको हो। 

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै शनिबार र आइतबारभित्र सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।

प्रधानमन्त्री बालेनको निर्देशनपछि बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सुकुमबासी बस्ती हटाउने निर्णय गरेको थियो ।  उक्त निर्देशनको आधारमा प्रहरीले भोलि बेलुकासम्म ठाउँ खाली गर्न माइकिङ गरिरहेको हो । 

प्रशासनले सो अभियानलाई साथ दिन आग्रह गर्दै शुक्रवार साँझसम्म सर सामान हटाएर बस्ती छाड्न अनुरोध  गरेको छ। प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र सामान नहटाएर कानुन अनुसार घर, टहरा हटाइने छ।’

पहिलो चरणमा  थापाथली, शान्तिनगर स्थित गैह्रिगाउँ, मनहरा खोला किनारको बस्ती हटाउने निर्णय गरिएको छ। मनहरा खोलाको काठमाडौँ र भक्तपुर तर्फको पनि बस्ती हटाइने सुरक्षा जिल्ला प्रशासन कार्यालयका अधिकृतहरू बताउँछन्। 

 बालेनले काठमाडौं मेयर हुँदादेखि नै बस्ती खालीको प्रयत्न गरिरहेका थिए । उनको प्रयास सफल भएको थिएन ।