अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुकुमबासी समस्या डोजरले होइन, दृष्टिकोणले समाधान गरियोस्: सुदन किराती

सुकुमबासी समस्या डोजरले होइन, दृष्टिकोणले समाधान गरियोस्: सुदन किराती


पूर्वमन्त्री सुदन किरातीले सरकारलाई सुकुमबासी समस्या दृष्टिकोणले समाधान गर्न आग्रह गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले सुकुमबासी समस्या डोजरले नभएर दृष्टिकोणले समाधान गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका हुन्।

बस्तीमा डोजर चलाउन हतार नगर्न आग्रह गर्दै लेखेका छन् ‘सरकार ! सुकुमबासी समस्या डोजरले होइन, दृष्टिकोणले समाधान गरियोस्।’

उनल‍े काठमाडौँको थापाथली लगायतका सुकुम्बासी बस्ती हटाउने सरकारको कदमको विरोध गरेका छन्। सुकुमबासीमाथि डोजर चलाउन किन हतार ? भन्दै उनले प्रश्न गरेका छन्। उनले लेखेका छन्, ‘सुकुमबासीमाथि डोजर चलाउनु किन हतार ? संवाद, समय र वैकल्पिक व्यवस्था गर्ने बारे किन सोचिएन ?’

उनले जनभावना अनुसार काम गर्न प्रधानमन्त्री शाहलाई सचेत गराएका छन्। जनभावना विपरीत हिड्दा विगतको जस्तै नियती भोग्नुपर्ने बताएका छन्। ‘गिरिजा सरकार ३६ सिटे र ७२ सिटे हुँदै मध्यावधि निर्वाचनको घोषणासँगै अस्थिरतामा गयो। प्रचण्ड सरकार कटुवाल काण्डबाट अल्झियो। बालेन शाह  नेतृत्वप्रति पनि प्रश्न उठिरहेको छ,’ किरातीले भनेका छन्, ‘यो देश हाम्रो पनि हो।’

यस्तै उनले सुकुम्बासी समस्याको सरकारलाई समाधानका ७ बुँदे उपायहरु पनि सुझाएका छन् ।
१. वास्तविक सुकुम्बासी छुट्याउने (डाटारसर्वेक्षणमा आधारित)
२. पानी, बिजुली, शिक्षा सहित व्यवस्थित बस्ती विकास गरी स्थानान्तरण गर्न सकिन्छ ।
३. किस्ताबन्दी मोडेलमा आवास सस्तोमा उपलब्ध गराउन सकिन्छ ।
४. सहकारीरल्यान्ड पूलिङ गरि सबैलाई समेट्ने साझेदारी मोडेल बनाउन सकिन्छ ।
५. रोजगारीको लागि सीप विकास गराई आम्दानीसँग जोडेर पुनर्स्थापना गर्न सकिन्छ ।
६. सम्वाद, सहमति र निश्चित समयसीमा सहित चरणबद्ध कार्यान्वयन गर्न सकिन्छ ।
७. बलियो सरकार संधै विवादमा किन पर्छ ?

उनले अन्तयमा यो देश आफूहरुको पनि रहेको उल्लेख गरेका छन् ।