काठमाडौँ-सरकारले सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग नगर्ने बताएको छ। सरकारका प्रवक्ता समेत रहेका मन्त्री सस्मित पोखरेलले शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।
उनले विभिन्न सुकुमबासी बस्तीमा बाढी आएपछि सरसामान छाडेर भाग्नुपर्ने अवस्था आएकाले उनीहरूलाई स्थानान्तरण गर्न लागेको बताए ।
‘सुकुमबासी बस्तीमा जबरजस्ती प्रहरी बल प्रयोग गरेर डोजर लाउने योजना छैन’,मन्त्री पोखरेलले भने, ‘अनुरोध गरेर, सरकारले सेफ ठाउँमा सार्ने प्रक्रिया अघि बढाएको हो।’







प्रतिक्रिया