काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे पक्राउ परेका छन्।
पूर्वमन्त्रीसमेत रहेका पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पक्राउ गरेको हो। निर्माण व्यवसायी समेत रहेका पाण्डे कालिका ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक हुन्।
उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई-बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पाण्डे २०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
पूर्व वनमन्त्री समेत रहेका पाण्डेविरूद्ध २०७५ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो। सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे चार करोड धरौटी बुझाएर रिहा भएका थिए।
पाण्डेको नेतृत्वमा रहेको कालिका कन्स्ट्रक्सनले लिएको ठेक्का देशभर बद्नाम भएको थियो भने अर्बौंको भ्रष्टाचार मुद्दामा तानिएका थिए।







प्रतिक्रिया