काठमाडौँ-सरकारले सङ्घीय निजामती ऐनको मस्यौदा तयार गरेर सुझावका लागि सार्वजनिक गरेको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको हो।
सरोकारवाला निकायबाट आएका सुझावका आधारमा मस्यौदालाई परिमार्जन गरिने मन्त्रालयले जनाएको छ। लामो समयदेखि निजामती कर्मचारी संघीय निजामती ऐनको माग गर्दै आएका छन्।
सूचनामा भनिएको छ, ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनको लागि प्रकाशन गरिएको छ। उक्त मस्यौदा उपर सूचना प्रकाशन भएको मितिले सात दिनभित्र राय सुझाव उपलब्ध गराइदिनुहुन अनुरोध छ।’
यस्तो छ मस्यौदाको पूर्णपाठ







प्रतिक्रिया