अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती उठाइदै,भोली सिनामंगल र मनोहराको उठाइने

आज थापाथली र गैरीगाउँको सुकुम्बासी बस्ती उठाइदै,भोली सिनामंगल र मनोहराको उठाइने


काठमाडौं – सरकारले आज थापाथली र गैरीगाउँको सुकुम्वासी बस्ती भत्काउने भएको छ । मनोहरा, सिनामंगललगायत स्थानका सुकुम्वासी बस्ती भोलि भत्काउने भएको छ ।

बिहान ७ बजेबाट थापाथलीको सुकुम्वासी बस्ती भत्काउन सुरु गर्ने सरकारले तयारी छ ।

आज र भोलि दुई दिन सबै भत्काएर सकाउने योजना छ । पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल–गैरिगाउँ क्षेत्रका सुकुम्वासी बस्तीमा डोजर चलाउने तयारी छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको समन्वयमा सुकुम्वासी बस्ती भत्काउन पाँचवटा डोजरसहित अन्तिम तयारी गरिएको छ ।

काठमाडौं महानगरपालिका नगर प्रहरी बलका अनुसार, बस्तीका घरटहरामा डोजर चलाइ साइट क्लियर गरिनेछ ।

प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमणकारी र वास्तविक सुकुम्वासी पहिचान गरी वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रतिवद्वता जनाइसकेका छन् ।

नेपाल प्रहरीले बिहानैदेखि कडा सुरक्षा दिने महानगरले जनाएको छ ।