अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विना अवरोध थापाथलीको सुकुम्बासी बस्तीमा डोजर

विना अवरोध थापाथलीको सुकुम्बासी बस्तीमा डोजर


काठमाडौं – थापाथलीस्थित सुकुमबासी बस्ती विना अवरोध भत्काउन सुरु गरिएको छ । छाप्रा भत्काउनका लागि डोजर प्रयोग हुँदा कुनै अवरोध देखिएको छैन । ठुलो संख्यामा प्रहरी परिचालन गरेर शनिबार बिहान साढे ८ बजेदेखि डोजर चलाइँदा हालसम्म कुनै अवरोध गरिएको छैन ।

शुक्रबार भने थापाथली क्षेत्रमा सुकुमबासीको नाममा प्रदर्शन भएका थिए । सुकुमबासीहरु आ–आफ्नो सामान प्याक गरेर सुरक्षित स्थानतर्फ बाहिरिएका छन् ।
सामान हटाइएका क्षेत्रमा अहिले डोजर चलाउन सुरु भएको हो । सरकारले वास्तविक सुकुमबासीलाई तत्कालका लागि ५ स्थानमा व्यवस्थापन गर्ने जनाएको छ ।