काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा वार्ता टोलीको पाकिस्तान भ्रमण रद्द गरेका छन्।
शनिबार साँझसम्म इस्लामावाद पुग्ने तयारीमा रहेको उनका मध्यपूर्व दूत स्टिभ विटकोफ र ज्वाँइ ज्यारेड कुश्नरको भ्रमण रद्द गरेका हुन्।
ट्रम्पले फ्लोरिडामा सञ्चारकर्मीसँग कुरा गर्दै पाकिस्तानको इस्लामावादमा हुने वार्ताका लागि पठाइने अमेरिकी दूत स्टिभ विटकॉफ र जार्ड कुश्नर को भ्रमण अत्यधिक खर्चिलो र लामो यात्रासँग सम्बन्धित भएकाले रद्द गरिएको बताएका हुन्।
उनले इरानले प्रस्तुत गरेको पछिल्लो शान्ति प्रस्ताव पनि पर्याप्त नभएको टिप्पणी पनि गरे।
साथै उनले अहिलेको अवस्थामा इरानको नेतृत्व यकिन नभएको पनि बताएका छन्।
ुइरानमा गम्भीर आन्तरिक विवाद र नेतृत्वबारे अन्योल छ। उनीहरूबीच नै नेतृत्व कसले गरेको भन्ने एकमत छैन। यदी कुरा गर्न चाहन्छन् भने उनीहरूले हामीलाई खबर गर्नुपर्छ,ु ट्रम्पले भनेका छन्।
उनले अमेरिकासँग धेरै विकल्पहरू रहेको तर अब इरानसँग कुनै विकल्प नरहेको बताएका छन्।
शुक्रबार इस्लामावाद पुगेका इरानी विदेशमन्त्री अब्बास अराग्ची कुनै ठोस प्रगतिबिना नै फर्किसकेका छन्।
इस्लामावादमा उनले पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ लगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गरे पनि वार्ताबारे कुनै ब्रेक थ्रु नभएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
यद्यपि उनले आफ्नो भ्रमणलाई “फलदायी” भनेका थिए।
इरानी राष्ट्रपति मसूद पेजेशकियन ले शरीफसँगको टेलिफोन वार्तामा धम्की वा नाकाबन्दीको अवस्थामा थोपारिएको वार्ता स्वीकार नगर्ने स्पष्ट पारेका छन्। इरानले अमेरिका पहिले आफ्ना बन्दरगाहमाथिको अवरोध हटाउनुपर्ने शर्त राखेको छ।
गत फागुन १६ ९फेब्रुअरी २८० मा अमेरिका–इसराइलले इरानमाथि गरेको हवाई आक्रमणपछि सुरु भएको द्वन्द्व अहिले युद्धविराममा भए पनि तनाव कायम छ।
त्यसयता इरानले इसराइल, अमेरिकी सैन्य अड्डा तथा खाडी मुलुकहरूतर्फ आक्रमण गर्दै आएको छ। यसले ऊर्जा मूल्य बहुवर्षीय उच्चमा पुर्याउँदै विश्व अर्थतन्त्रमा दबाब बढाएको छ।
इस्लामावादस्थित एक इरानी कूटनीतिक स्रोतले रायटर्ससँग भने, “मूल रूपमा इरानले अत्यधिक मागहरू स्वीकार गर्दैन।”
उता ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले पछिल्ला दिनमा केही प्रगति देखिएको दाबी गरेकी थिइन् भने उपराष्ट्रपति जेडी भान्स पनि आवश्यक परे पाकिस्तान जाने तयारीमा रहेको बताइएको थियो।
उनले यसअघि इस्लामावादमै भएको पहिलो चरणको वार्ताको नेतृत्व गरेका थिए, जुन सफल हुन सकेको थिएन।







प्रतिक्रिया