अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनोहरा किनारका सुकुम्बासीलाई आज हटाइने : विहानै देखि ठूलो संख्यामा प्रहरी परिचालन

मनोहरा किनारका सुकुम्बासीलाई आज हटाइने : विहानै देखि ठूलो संख्यामा प्रहरी परिचालन


भक्तपुर – मनोहरा नदी किनारमा बसोबास गर्ने सुकुम्बासीलाई हटाएर बस्ती खाली गर्न आज बिहानैदेखि उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रकाश जवेगुका अनुसार उपत्यकाभरका प्रहरी युनिटसहित अन्य सुरक्षा निकायले मद्दत गरिरहेका छन् । अहिले त्यहाँका बासिन्दाले सामान सारिरहेको र सुरक्षाकर्मीले सहयोग गरिरहेको उनले बताए ।

शनिबार बस्ती खाली गर्ने क्रममा प्रहरीमाथि दुर्व्यवहार भएको थियो । यो कार्यमा संलग्न तीन व्यक्ति नियन्त्रणमा रहेको डीएसपी जवेगुले बताए । आज बस्तीका बासिन्दाले सहज भूमिका खेलिरहेको उनले बताए । अब केही बेरमा त्यहाँ डोजर चल्दैछ ।